कसैको रोजागारी नखोस्न श्रममन्त्रीको आग्रह

डिसी नेपाल
२९ वैशाख २०७७ १०:२४

काठमाडौं। खाडी मुलुक, मलेसिया, माल्दिभ्स र युरोपका विभिन्न देशहरुमा बैदेशिक रोजगारीका सिलसिलामा गएका नेपाली कामदार कोरोना महामारीका कारण आफ्नो रोजगारी गुमाई स्वदेश फर्कनसमेत नसकेर अलपत्र परेको अवस्थामा उनीहरुको व्यबस्थापन कसरी गर्ने भन्ने आपत्मा नेपाल सरकार परेको छ।

लाखौंका संख्यामा बैदेशिक रोजगारीमा गएका नेपालीहरु फर्किने अवस्था आएपछि उनीहरुलाई स्वदेशमै कसरी रोजगारी दिने र स्वदेशमै पनि विभिन्न कम्पनीहरु बन्द भएर रोजगारी गुमाइरहेका कामदारहरुको व्यबस्थापन कसरी गर्ने भन्नेबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ।

श्रम मन्त्रालयमा आइतवार केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठक बोलाइएको र त्यसमा उद्योगी व्यबसायीहरु र श्रमिकका विविध मागहरुका बारेमा छलफल भएको बताइएको छ।

बैठकमा उद्योगी व्यबसायीले महामारीको समस्याले उद्योग व्यबसाय बन्द गर्नु परेकोले व्यबसायीहरुलाई सरकारले राहत घोषणा गर्नु पर्ने माग गरेका थिए भने श्रम मन्त्री यादवले स्वदेशी उद्योगहरुमा कार्यरत श्रमिकहरुलाई विषम परिस्थितिमा रोजगारीबाट नहटाउन आग्रह गरेका थिए।

त्यसैगरी मन्त्री यादवले बैदेशिक रोजगारीमा गएका नेपालीहरु वाध्यतापूर्वक फर्किनु पर्ने अवस्थामा उनीहरुलाई स्वदेशमै रोजगारी दिनका लागि उद्योग व्यबसायका खाकाहरु प्रस्तुत गर्न आग्रह गरेका थिए।

बैठकमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, अर्थ मन्त्रालयका सचिव, श्रम, भौतिक पूर्वाधार तथा यतायात, कृषि, उद्योग वाणिज्य, स्वास्थ्य मन्त्रालयका सचिवहरु, श्रम विभागका महानिर्देशक, सामाजिक सुरक्षा कोषका महानिर्देशक, व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्य, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा, पेशागत महासंघकी महिला प्रमुख उदया शर्मा, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका राजेशकुमार अग्रवाल, होटल संघकी अध्यक्ष सृजना राणा र नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाहको सहभागिता थियो।




प्रतिक्रिया

One thought on “कसैको रोजागारी नखोस्न श्रममन्त्रीको आग्रह

  1. समाचार :- ” अरुको ( प्लटिङ गरेको ) बाँझो जग्गामा , अर्कै मानिस हरुले खेती सुरु गरे ” (१) अरुको जग्गा , बिगार्न पाइएना , सांंध कुलो पानी बिगार्न पाईएना , माटो या जग्गमा भएको चीज हरु झिक्न पाईएना , कटानी गर्न पाईीएना , बेचन पाईएना :- तर खेती गरेर खान पाइयो , यदि जग्गा धनीले अनुमति दिएमा (२) उसको जग्गा हो , उत्पादन भएको चीजबीज हरु पनि लगेर दिनपर्छ ( या पैसा ) :- सबै आफ्नै जन्म दिने बाउ आमा हैनन। अहिले को मान्छे हरु हुुन फेरी। (३) जग्गा धनीले , ठूलो धनराशि हालेर किनेको हुन्छ जग्गा, त्यो बिर्सिएको हुदैनन :- ये जग्गाधनी , काठमाण्डौ पोखरा यूरोप अमेरिका छ , केहि दिनै पर्दैन भनेर सोचेयो भने, सकियो। जग्गाधनी , जता भए पनि त्यसले पनि पैसा तिरेर खाको हुन्छ। हैना भने , फेरी ” मेरो जग्गामा नगर , तँंलाई अन्याय भयो हैना , नगर ” भन्यो भने सकियो। (4) त्यसो भए के ठीक हो त , अल्छी भएर डुलेर हिड्ने , सुत्ने , नगर्ने ? गरनै ठीक हुन्छ। दिने। यो बुझ्नु परेयो , कडा मेहनत गर्ने पर्छ भनेर। (5) ठूलो मानिस हो भने 5 पाँच घण्टा सुते पुग्छ। सानो सानो बच्चा हो भने 7 सात घन्टा सुते पुग्छ। धेरै सुतने “रोगी हुन्छन ” . रोग लागि सकदा पनि थाहा पाउदैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *