सन्दीप लामिछानेले पाए सफाइ

डिसी नेपाल
२ जेठ २०८१ १७:१३

काठमाडौं। उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर गरेको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालतले सफाई दिएको हो।बुधबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको हो।

मंगलबार न्यायाधीशद्धय भट्ट र उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो। दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।

बलात्कार मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए।उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले सन्दीपले सफाइ पाएको र जिल्ला अदालतको आदेश पूर्ण रुपमा उल्टिएको जानकारी दिए।

यसैबीच सन्दीपले सफाइ पाएसँगै उनका समर्थनहरुले खुसीयाली मनाएका छन्। अदालत बाहिर पञ्चेबाजासहित उनका समर्थकहरुले खुसीयाली मनाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *