माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बा.प्र.०१–००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट स्थानीय ७० वर्षीय शंकरप्रसाद कुइँकेल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय डाछी चोकमा भेला भई सडक अवरुद्ध गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment