पत्रकार किशोर श्रेष्ठको निवासमा फेरि पुग्यो प्रहरी

डिसी नेपाल
२८ साउन २०८३ १९:२१

काठमाडौं । पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरी टोली फेरि पुगेको छ। एउटा कोठा खानतलासी गर्न छुटेको भन्दै प्रहरी आज पुन: श्रेष्ठको घरमा पुगेको हो।

यसअघि बिहीबार राति नै प्रहरीले श्रेष्ठको निवासमा छापा मारी कम्प्युटर र ल्यापटपहरू बरामद गरेको थियो। हिजै सम्पूर्ण कारबाही भइसकेको अवस्थामा आज फेरि प्रहरी पुगेपछि श्रेष्ठ परिवार आतंकित बनेको छ।

अदालतमा रहेका बेला घरमा रहेका छोराछोरीलाई फोन गरेर प्रहरी आएर प्रहरीले ढोका ढकढकाइरहेको श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बताइन्। प्रहरीको व्यवहारबाट परिवारलाई अनावश्यक हैरानी र त्रास सिर्जना भएको उनको गुनासो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *