करीब ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा

डिसी नेपाल
२ जेठ २०८१ १९:२१

काठमाडौं। सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित  सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपीएको अवस्थामा उल्लेखित चिनी फेला परेको हो। साथै १८ वटा बोरामा रहेको ९ सय ९० के।जी। मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ समेत बरामद गरिए जनाएको छ।

बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मुल्य ४५ लाख २५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *