जेठ ५ गतेसम्म कपिलवस्तु पूर्ण बन्द

डिसी नेपाल
२९ वैशाख २०७७ २०:०३
20
Shares

बुटवल । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि साेमबार बसेको जिल्लाको सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) क र संक्रमण ऐन २०२० को दफा २(१) बमोजिम पूर्णरुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी गरेको सूचनामा जनाइएको छ ।

उक्त अवधिमा जिल्लामा अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोलियम पदार्थ, ग्यास, औषधि, पानी, पशुपक्षीको दानाका गाडी, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनबाहेक जिल्लाका कुनै पनि स्थानमा चढ्न ओर्लन नपाउने गरी जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका गतिवधि, उद्योगकलकारखाना, निर्माणसँंग सम्बन्धित कार्य, व्यापारव्यवसायमा पूर्णरुपमा रोक लगाइएको उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *