भारतलाई नेपालको ‘कूटनीतिक नोट’
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक (डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गरेका छन्। मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् ।
नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटनसमेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनीतिक नोट दिएको हो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment