कोहलपुरमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

डिसी नेपाल
३० वैशाख २०७७ १८:३९

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

कोेहलपुर ४, ८ र ९ का धर्मगुरु तथा विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको हो । स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखाको समूहले बेलनपुरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरेर स्वाब संकलन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *