जिल्ला प्रशासन काठमाडौंद्वारा एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास खारेज

डिसी नेपाल
३० वैशाख २०७७ २०:१३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरिएका सम्पूर्ण सवारी पासहरु खारेज गर्ने निर्णय गरेको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले फेसबुकमार्फत एक सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्ला जान पाउने सवारी पास खारेज गरेको जनाएको छ।

बाहिरी जिल्लामा कोरोना संक्रमितको सङ्ख्यामा एकाएक वृद्धि हुन थालेपछि प्रशासनले अन्तरजिल्ला पास खारेज गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *