नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर बजार ३९ मिनेमै बन्द
काठमाडौं। लकडाउनपछि दोस्रो दिन खुलेको शेयर बजार ३९ मिनेटमा बन्द भएको छ। २ प्रतिशत घटेर नकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार बन्द भएको हो।
बुधबार नेप्से सूचक २४.५८ विन्दुले झरेर १२०१.५७ विन्दुमा रोकिएको छ। यस अवधिमा ७४ कम्पनीको ३६ लाख १३ हजार ५२३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
चैत ११ गतेबाट बन्द भएको शेयर कारोबार मंगलबारबाट खुलेको हो। मंगलबार पनि २ प्रतिशतले घटेपछि डेढ घण्टामै कारोबार बन्द गरिएको थियो।
नेपाल स्टक एक्सचेन्जले बजार सूचक २ प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने तथा कुनै पनि कम्पनीको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरै घटबढ हुन नपाउन प्रावधान राखेर बजार खुल्ला गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment