पृतनापतिलाई संक्रमण भएपछि सेनाको मध्यपृतना सिल, दुई हजार सैनिक त्रसित

डिसी नेपाल
४ जेठ २०७७ १२:०३

काठमाडौं। कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएसँगै त्यहाँको ब्यारेक सिल गरिएको छ।

महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएपछि सेनाको ब्यारेक सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलन भैरहेको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार उनीहरुलाई सशस्त्र प्रहरीको आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार शनिवार साँझ ६ बजे दुवैलाई सेनाको गाडीमा राखेर काठमाडौं ल्याइएको थियो।

पृतनापति र चिकित्सकमै कोरोना देखिएपछि अवस्थित मध्यपूर्वी पृतनाको ब्यारेक सिल गरिएको छ, ब्यारेकभित्रका कुनै पनि सेनालाई बाहिर आउन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने।

सो ब्यारेकभित्र करिब दुई हजार सैनिक कर्मचारी रहेका छन् । तर नेपाली सेनाले भने यो विषयमा कुनै आकिारिक धारणा सार्वजनिक गरेको छैन। ब्यारेकमा रहेका एक सैनिकका अनुसार ब्यारेकभित्रका सबै सेनाहरू त्रसित भएका छन्।

पृतनापति र उक्त चिकित्सकको सम्पर्कमा ब्यारेकभित्र नै धेरै सैनिकहरु आएको कारण पनि ब्यारेकभित्र त्रासको अवस्था सिर्जना भएको हो । ब्यारेकभित्र अस्पताल, विद्यालय समेतका संरचनाहरू निर्माणाधिन रहेको छ ।

उक्त ब्यारेकभित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गणसहित पृतनाका समेत रहेका कारण अहिले ब्यारेक वरिपरि सशस्त्र प्रहरी र नेपाल प्रहरीले कसैलाई पनि जान दिएको छैन ।




प्रतिक्रिया

One thought on “पृतनापतिलाई संक्रमण भएपछि सेनाको मध्यपृतना सिल, दुई हजार सैनिक त्रसित

  1. कालापानी र लिपुलेकमा अतिक्रमणको बिरुध्द युध्द गर्न आउला भनि नेपाली सेनालाइ त्रसित र आतंकित गरेर स्वास्थ्य र मनोबल कम्जोर पार्न षड्यन्त्र पुर्बक नै कोरोना सन्क्रमित गरियको हो ! यसमा संलग्न नेपाली दलालहरुलाइ छाला काढेर खम्बाहरुमा तांग्नु पर्छ!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *