लकडाउन १५ दिन थप्ने मन्त्रिपरिषदको निर्णय

डिसी नेपाल
४ जेठ २०७७ २०:२४
4
Shares

काठमाडौं । सरकारले १५ दिन लकडाउन थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ दिन थपेर जेठ २० गतेसम्म गर्ने निर्णय गरेको हो

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन नै कोरोनाको रोकथामको लागि प्रभावकारी उपाए भएको निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।

सरकारले यसअघि गरेको निर्णय अनुसार लकडाउनको समय सोमबार (भोली) राति १२ बजे सकिने छ । पहिलो पटक चैत्रमा कोरोनाको दोस्रो संक्रमित देखिएसँगै चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

हालसम्म कोरोनाका २९५ संक्रमित रहेका छन् । यस्तै, ३६ जना उपचारपछि निको भएर घर गएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *