आज यूरोपियन यूरो, कुवेत र बहराइन दिनारसहित केही देशको भाउ बढ्यो

डिसी नेपाल
५ जेठ २०७७ ६:३३

काठमाडौँ । आज जेष्ठ ५ गते (सोमबार) यूरोपियन यूरो, कुवेत र बहराईन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहको छ ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ र बिक्रिदर १ सय ४६ रुपैयाँ ७३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ १२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *