राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रममाथिको छलफल जारी

डिसी नेपाल
६ जेठ २०७७ ११:३९

काठमाडौं। राष्ट्रियसभामा सरकारले गत जेट दुइ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षले नीति तथा कार्यक्रमको स्वागत गरेका छन् भने प्रतिपक्ष दलले विरोध गरेका छन्।

नीति तथा कार्यक्रममा भाग दिँदै सत्तारुढ नेकपा सांसद दीननाथ शर्माले अहिलेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य र कृषिलाई नीति तथा कार्यक्रमले विशेष महत्व दिएको बताए। उनले सरकारको नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको भन्दै प्रसंसा पनि गरे।

उता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भने सरकारले पेश गरेको नीति तथा कार्यक्रम विगतको र अहिलेकोमा खासै अन्तर नभएको टिप्पणी गरे। अहिले राष्ट्रिय महामारीको संकट टार्न अपुरो, अधुरो भएको र यसलाई पुनर्लेखन गर्नुपर्ने बताए। उनले नीति तथा कार्यक्रमको सार खोक्रो रहेको आरोप पनि लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *