कतारको जेलमा रहेका ८ नेपालीले पाए आममाफी
काठमाडौँ । कतार सरकारले त्यहाँको जेलमा रहेका ८ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका विभिन्न कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।
दोहास्थित नेपाली दूतावासका कतारका अमिर (राजा) मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा विभिन्न कसुरमा कतारको बन्दी गृहमा जीवन बिताइरहेका ८ जना नेपालीलाई माफी दिएका हुन् ।
दूतावासकाअनुसार माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भोगिरहेका नेपाली छन् ।
यसअघि कतार सरकारले त्यहाँको जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको थियो । राजा मौसूफ शेख तमिम बिन हमाद अल थानीले नै कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी उनीहरुलाई आममाफी दिएका थिए ।
यसअघि आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment