बग्दादको अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

डिसी नेपाल
६ जेठ २०७७ १२:४६

बग्दाद । बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलबार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ। बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन्

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन।

ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ। सन् २०२० मा मात्र कम्तीमा २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *