भारतमा भएको ग्यास दुर्घटनाका बारेमा एलजीका अध्यक्षले मागे माफी

डिसी नेपाल
७ जेठ २०७७ १७:१९

सियोल । एलजी समूहका अध्यक्ष कू ग्वाङ–मोले भारतको विशाखापटनमस्थित एलजी केमिकल्समा दुई साताअघि भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। ग्यास चुहिएर भएको उक्त दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै कम्तीमा एक हजार व्यक्ति घाइते भएका थिए ।

दक्षिण कोरियामा व्यावसायिक घरानाबाट संचालित उद्योग समूहमध्ये यो चौथो ठूलो समूह हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो रसायन कम्पनीमध्येको एक एलजी केमिकल्सको सहायक कम्पनीका रुपमा भारतमा एलजी पोलिमर्सका रुपमा उद्योग सञ्चालनमा छ ।

गत बुधबार पनि दक्षिण कोरियाको सियोसानमा रहेको एलजी केमिकल्समा आगलागी हुँदा एक जना अनुसन्धाताको मृत्यु हुनुका साथै दुई जना मजदूर घाइते भएका छन् ।

एलजी केमिकल्सले पेट्रोकेमिकल्स, प्लास्टिक रेजिन र इन्जिनियरिङ प्लास्टिक उत्पादन गर्दछ । यसका कारखनाहरु दक्षिण कोरिया सहित संयुक्तराज्य अमेरिका, ब्राजिल, चीन र अस्ट्रेलिया समेत धेरै देशमा रहेका छन् ।

यस कम्पनीले औद्योगिक तथा इलेक्ट्रोनिक्स सामग्रीका साथै हाइब्रिड र इलेक्ट्रिक कारका लागि उच्च उणस्तरका ब्याट्रीको उत्पादन गर्दछ । यसका ग्राहकहरुमा मर्सिडिज बेन्ज, भोल्भो, भक्सवागेन र बिएमडब्लु कारहरु रहेका छन् ।

एलजी केमिकल्सले गत वर्ष २४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान बिक्री गरेको थियो भने संचालन नाफा ८ करोड डलर गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *