अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

डिसी नेपाल
७ जेठ २०७७ २०:२६

खुलाना, बंगलादेश । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् ।कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो । बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो ।

आज बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए । यसबाट दशौँलाख व्यक्ति प्रभावित भएका छन् ।तर पनि अहिलेसम्म यसबाट पुगेको कुनै मानवीय तथा भौतिक क्षतिको समाचार भने आएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *