मनिषा कोइरालामाथि भारतीय संचारमाध्यम खनिएपछि…

डिसी नेपाल
८ जेठ २०७७ १२:१२

काठमाडौं। नेपालको पक्षमा ट्विट गरेपछि भारतीय मिडिया अभिनेत्री मनिषा कोइराला माथि खनिएका छन्। नेपालले आफ्नो अतिक्रमित भूमी लिम्पियाधुर, कालापानी, लिपुलेक समेटिएको नक्सा सार्वजनिक गरेपछि यतिबेला भारतभर खैलाबैला मच्चिएको छ।

कतिपय भारतीय संचारमाध्यमले अभिनेत्री कोइरालाप्रति तल्लोस्तरको टिप्पणीसमेत गरेका छन्। यतिबेला भारतीय मिडियामा अभिनेत्री मनिषा कोइराला हेडलाइन पनि बनेकी छन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेट्दै नयाँ नक्सा जारी गर्ने निर्णयको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गरेर जानकारी दिएका थिए।
मन्त्री ज्ञवालीको ट्विटलाई अभिनेत्री कोइरालाले रिट्वीट गर्दै ‘हाम्रो सानो देशको गरिमा राख्नु भएकोमा धन्यवाद। हामीले तीनै महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता होस् भनने चाहेका छौं’ लेखिन्।

भारतलाई कर्मथलो बनाएकी मनिषाले नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतमा उनको चर्को विरोध सुरु भएको छ।
केही भारतीय संचारमाध्यमले ‘भारतको खाएर चीनको गाएको’ भन्दै अभिनेत्री कोइरालाको आलोचना गरेका छन्। भारतीय मिडियाको उक्त टिप्पणीको नेपालमा भने तीव्र विरोध भएको छ।

कर्मथलो बलिउडलाइ बनाएपनि मातृभूमिप्रति सम्मान दिएको भन्दै मनिषालाई नेपाल आमाकी छोरी भन्दै समर्थन प्राप्त भएको छ। अभिनेत्री मनिषा कोइरालाले भारतमा आफ्नो कला बेचेको तर आमालाई कसरी बेच्न सकिन्छ भन्ने जवाफ दिएकी छिन्। ‘श्रम बेच्न हुन्छ, तर स्वाभाविमान बेच्न हुँदैन,’ मनिषाले भनेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *