कर्णालीमा जम्मा १ जना कोरोना संक्रमित, उनै माथि पनि राजनीति

तर्कबहादुर थापा
८ जेठ २०७७ २२:३९

काठमाडौं । कर्णाली प्रदेशका कोरोना संक्रमितलाई अहिले आइसोलेसनमा राखिएको छ । सदरमुकाम भित्र पर्ने सरस्वति मावीको भवनमा बनाइएको आइसोलेसनमा उनी बसेका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि आतिएका उनी अस्पतालमा बस्ने अपेक्षामा थिए। तर, उनलाई स्कुलमा राखियो। डिसीनेपालले बुझ्न खोज्दा उनले भने, ‘यसरी स्कुलमै बसाउनु पर्ने थियो भने मलाई आफ्नै गाउँमा भएको स्कुलमै छोडे पनि हुन्थ्यो।’

उनले भनेजस्तै कोरोनाको संक्रमितलाई हेलचेक्याई गरि राखिएको हो त ? जिल्ला अस्पताल दैलेखका मेडिकल सुपरिटेण्डेण्ट डा. निरञ्जन पन्तले जिल्लास्थित राजनीतिक नेताहरुको खिचातानीका कारण अस्पताल प्रति सर्वसाधारणको विश्वास घटेको बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार कोरोनाका संक्रमित राखिएको ठाउँमा आइसोलेसन बनाएका छौं।’

‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सामान्य अवस्थाको कोरोना पोजेटिभ व्यक्तिको हकमा ६ जना विरामीलाई १ वटा नर्सिङ्ग स्टाफ दिने गरिएको छ । तर, हामीले १ जना बिरामीलाई १ जना डाक्टर र २ जना नर्सिङ्गस्टाफ दिएका छौं’, पन्तले डिसी नेपालसँग भने। ‘स्थानीय राजनीति खिचातानिले मात्र यस्तो र उस्तो भनिएको हो।’

आठबीस नगरपालिकाले विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित कोरोनाका विरामीलाई स्कुलमा राखेको आरोप लगाएको छ ।

स्थानीय स्तरको सरकारले नै प्रदेश सरकारलाई दोषि देखाउँदै नगरपालिकाका विमारीलाई विभेद गरेको आरोप लगाएको छ ।
जिल्ला अस्पताल प्रमुख डा. पन्तले विज्ञप्तिको खण्डन गर्दै विरामी राखेको ठाउँमा पुगेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार नभएको पुष्टि गर्न समेत चुनौती दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले कोरोनाका विमारी राखिएको ठाउँको बारेमा शंका नगर्न समते आग्रह गरेका छन्। उनले विमारीलाई कुनै पनि बेला समस्या आएको खण्डमा र उपचारमा कमि भएमा आफु पदमा नबस्ने समेत बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *