चार दक्षिण कोरियालीको अस्तु यतै अड्कियो

डिसी नेपाल
९ जेठ २०७७ ११:३१

काठमाडौं। कोरोना माहामारीका कारण संसारभरको हवाइ सम्पर्क विच्छेद भएकाले नेपालमा मृत्यु भएका चारजना दक्षिण कोरियाली नागरिकहरुको अन्तेष्टि नेपालमै गरिएको छ। उनीहरुको परिवारले माग गरेअनुसार अन्तेष्टिपछिको अस्तुस्वरुप खरानीसमेत नेपालले कोरिया पठाउन सकेको छैन।

समाचारअनुसार, अन्नपूर्ण पदयात्रामा हराएर चार जना कोरियाली नागरिक मृत अवस्थामा फेला परेका थिए। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले नेपालमा बिदा मनाउन आएका कोरियामा कामगर्ने नेपाली श्रमिक युवालाई चार्टर्ड बिमान मार्फत कोरिया फर्कने अनुमति दिएको थियो ।

त्यही विमानमा उल्लेखित कोरियाली को शव लैजाने कुरो भएको थियो। तर, त्यो चार्टर्ड गर्ने भनिएको विमान अनेक प्रक्रिया नपुगेर उडेन। त्यसपछि बाध्य भएर ती कोरियाली नागरिकको यतै अन्त्येष्टि गरियो। उनीहरुको परिवारले नेपाली समाजमा भनिने ’अस्तु’ कोरिया पठाइदिन अनुरोध गरेका छन्।

गत माघ ३ गते हिउँ पहिरोमा परेर ४ जना कोरियाली नागरिकको मृत्यु भएको थियो। मृत्यु हुनेमा क्रमशः लि मिनासु ५७, किम सुकजा ५३, जियोङ ५९ र चोङ ह्यो वन ३८ हुन्। उनीहरुको लास गएको बैशाख १९ गते अन्नपूर्ण आधार शिबिरको देउराली हिङ्कु गुफा नजिक नेपाली सेना र प्रहरीले खोजी गर्दा फेला पारेको थियो।

सोही हिउँ पहिरोमा नेपाली नागरिक सुरज परियार, छिरिङ भोटे र मीनबहादुर लामाको पनि मृत्यु भएको थियो। नेपाल पर्बतारोहण संघका महासचिव कुलबहादुर गुरुङले डिसी नेपाललाई दिएको जानकारीअनुसार मृत्यु हुने तिनैजना नेपाली कोरियाली नागरिकको सहयोगीका रुपमा अन्नपूर्ण आधार शिबिर गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *