अमेरिकाले भारतलाई प्रतिबन्ध लगाउन सक्ने !

डिसी नेपाल
९ जेठ २०७७ १५:०५

वाशिङटन। अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउन सक्ने सम्भावना कायमै रहेको जनाएको छ । भारतले रुससँग अर्बौं डलरको एस–४०० मिसाइल सिस्टम किनेको खण्डमा भारतमाथि प्रतिबन्ध लाग्न सक्नेछ । अमेरिकाकी एक शीर्ष कूटनीतिज्ञले यसबारे जानकारी दिइन् । अक्टोबर २०१८ मा भारतले रुससँग ५ एस–४०० मिसाइल सिस्टम किन्नको लागि ५ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यो सम्झौतापछि अमेरिकाले भारतलाई चतावनी दिएको थियो । यो सम्झौतासँगै अमेरिकाले भारतलाई काटसा एक्ट अन्तर्गत कारवाही गर्न सक्ने चेतावनी दिएको थियो । गत वर्ष भारतले रुसलाई खरिदको पहिलो किस्तावापत ८० करोड डलर भुक्तानी गरिसकेको छ । एस–४०० रुसको सबैभन्दा आधुनिक, लामो दूरीको जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइल डिफेन्स सिस्टम हो ।

दक्षिण र मध्य एसियाको लागि अमेरिकी विदेश विभागकी शीर्ष अधिकारी एलिस वेल्सले बुधबार वाशिङटनस्थित थिंक ट्यांकसँग भनिन् ‘हाम्रो नीतिमा काटसा प्राथमिकतामा छ । हामी रुसलाई सैन्य हतियार बेचेर पैसा कमाउन दिन सक्दैनौं किनकि रुसले यसको प्रयोग आफ्ना देशहरुको विरुद्ध गर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *