खोपको भर नपर्न एचआइभी अनुसन्धानमा ख्यातीप्राप्त वैज्ञानिकको सुझाव, सुझाए यस्तो उपाय

डिसी नेपाल
९ जेठ २०७७ १६:११

काठमाडौं। प्रख्यात अमेरिकी वैज्ञानिक विलियम हेल्स्टाइनले कोरोना भाइरसविरुद्धको खोप चाँडै आउने सम्भावना नरहेको बताएका छन्। उनले आम मानिसहरुलाई खोपको प्रतिक्षा गरिरहनुभन्दा अन्य वैकल्पिक उपाय अपनाएर कोरोनाभाइरसलाई जित्न सुझाव दिएका छन् । क्यान्सर, एचआईभी र अन्य परियोजनामा व्यापक चर्चा बटुलेका वैज्ञानिक हेल्स्टाइनले रोयटर्ससँग कुरा गर्दै आफूलाई खोप चाँडै बन्ने जस्तो नलागेको बताए ।

उनले खोपको प्रतिक्षा गर्नुभन्दा बिरामीको परीक्षणलाई तीव्र बनाउने र संक्रमण पुष्टि भएपछि उसलाई कडाइसाथ आइसोलेसन राखेर संक्रमण फैलिन रोक्नुपर्ने बताए । कोरोनाविरुद्ध पहिलो परीक्षण खोप सफल भएको घोषणा गरेको अमेरिकी सरकारलाई उनले यसैका भरमा लकडाउनलगायत प्रतिबन्ध खुलाउने निर्णय गरिए त्यो गलत हुने चेतावनी दिएका छन्। उनका अनुसार अन्य प्रकारका कोरोना भाइरसका लागि तयार गरिएको यो खोप नाकलाई संक्रमणबाट बचाउन असफल देखिएको छ। तर नाकबाटै भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना धेरै हुने उनले बताएका छन्।

विलियम हेल्स्टाइनले भनेका छन, ‘कोरोना भाइरसलाई प्रभावकारी उपचार वा खोपबिना पनि नियन्त्रण गर्न सकिन्छ। यसका लागि संक्रमणको सही पहिचान आवश्यक छ। संक्रमित व्यक्तिलाई अलग्गै राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। अन्य व्यक्तिलाई भने हात धुने, मास्क लगाउने र सबै भन्दा बढी प्रयोग हुने वस्तु तथा ठाउँ सफा राख्नुहोस्, यसबाटै यसलाई धेरै कम गर्न सकिन्छ।’ उनका अनुसार यही तरिका अपनाएका कारण चीन, दक्षिण कोरिया र ताइवान कोरोना संक्रमण दर कम गर्न सफल भएका हुन्। तर यो नियम पालना नगर्दा अमेरिका, रसिया र ब्राजिल असफल भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *