पाकिस्तानको विमान दुर्घटनामा ११ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने

डिसी नेपाल
९ जेठ २०७७ २०:४१

कराँची । पाकिस्तानमा शुक्रबार दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। ९० यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल ९८ जनाको रहेको विमान शुक्रबार दुर्घटना भएको थियो।

दुर्घटना परी ११ जनाको मृत्यु भएको र संख्या अझै बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ। बिमान कराँचीको एक बस्तीमा दुर्घटना भएको थियो र केही घरहरुमा क्षति पुगेको बताइएको छ। क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए ।

विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे । प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *