ईदका दिन सार्वजनिक विदा

डिसी नेपाल
९ जेठ २०७७ २२:१८

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बिहरुको पर्व ईदुल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार गृहमन्त्रालयले सूचना सार्वजनिक गर्दै ईदका दिन सार्वजनिक विदा दिने जानकारी दिएको हो । शुक्रबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णय अनुसार मुस्लिम धर्मावलम्बिहरुको पर्व ईदका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त पर्व जेठ ११ गते आइतबारका दिन पर्ने जानकारी गराईन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *