कराची विमान दुर्घटनाः पाइलटका अन्तिम शब्द थिए–मे डे पाकिस्तान ८३०३, यसको अर्थ के हो ?

डिसी नेपाल
१० जेठ २०७७ १२:०३

काठमाडौं। पाकिस्तानका कराचीमा शुक्रबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना भयो । विमानमा यात्रु र क्रु सदस्य गरी ९८ जना थिए । विमान एयरपोर्टभन्दा केही पहिल्यै बस्तीमाथि खसेको थियो । दुर्घटनाभन्दा पहिले पाइलट सज्जाद गुल र एयर ट्राफिक कन्ट्रोलरबीच कुराकान िभएको थियो । यसको अडियो टेप सार्वजनिक भएको छ।

पाइलटले एटिसीसँग एयरक्राफ्टको इन्जिन खराब भइसकेको बताएका थिए । एटिसीले उनीसँग एयरपोर्टमा २ रनवे खाली भएको बताउका थिए । तर, पाइलटले विमानलाई अवतरण गराउन सकेनन् । लाहोरबाट यो विमान दिउँसो १ बजे उडेको थियो । २ बजेर ३३ मिनेटमा विमान २७५ फिटको उचाइमा थियो । यसको केही मिनेटमै दुर्घटना भयो । पाकिस्तानी वेबसाइट द डनका अनुसार प्रत्यक्षदर्शी शकिल अहमदले भने ‘विमान सबैभन्दा पहिले मोवाइल टावरमा ठोक्कियो । त्यसपछि घरहरुमाथि दुर्घटना भयो । यहाँबाट विमानस्थल केही किलोमिटर मात्र पर छ ।’

दुर्घटनाको ठिक अघि पाइलट सज्जाद गुल र एटिसीबीच कुरा भएको थियो यसको अडियो सार्वजनिक भएको छ ।

पाइलटः सर हामी सीधा आउने कोसिस गरिरहेका छौं । इन्जिन फेल भइसकेको छ । (वी ह्याभ लस्ट द इन्जिन) ।

एटिसीः तपाइँ तल उत्रिने कोसस गर्नुस् । रनवे तयार छ ।

पाइलटः मे डे पाकिस्तान ८३०३ ।

यही पाइलटका अन्तिम शब्द थिए त्यसपछि विमान दुर्घटना भयो ।

के हो मे डे कल ?

कुनै विमानका पाइलट वा पानीजहाजका क्याप्टेन यी शब्द कहिल्यै पनि बोल्न चाहँदैनन् । खासमा जब कुनै विमानका पाइलट वा पानीजहाजका क्याप्टेनलाई यो लाग्न थाल्छ कि उनी विमान वा जहाजलाई बचाउन सक्दैनन् यस्तो अवस्थामा उनले सम्बन्धित एटिसी वा कन्ट्रोल बडीसँग रेडियो कम्युनिकेशनमा कुरा गर्छन् । अन्तिम यात्राको आशंकाको समय गरिएको यो कललाई नै मे डे कल भनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *