कराची विमान दुर्घटनाः मृत्युको मुखमै पुगेर बाँच्न सफल यात्रुको बयान

डिसी नेपाल
१० जेठ २०७७ १३:४०

काठमाडौं। पाकिस्तानको कराचीमा शुक्रबार भएको भयानक दुर्घटनामा विमानमा सवार यात्रु र क्रु सदस्यहरु गरी ९८ जनामध्ये केवल २ जना जीवित बाँच्न सके । यी दुईमध्ये उक मोहम्मद जुबेर हुन् । उनले मिडियालाई फोनमा दुर्घटनाबारे बताएका छन् । जुबेरले भने ‘चारैतिर आगो नै आगो देखिएको थियो । अरु केही देखिएको थिएन । केवल मानिसहरु आत्तिएर चिच्याएको सुनिएको थियो । एकातर्फ थोरै उज्यालो देखियो । म आफ्नो सिट बेल्ट खोलेर त्यतैतिर बढें । मैले १० फिट तल हाम्फालेर आफूलाई बचाए ।

मोहम्मद जुबेर कराचीको सिभिल अस्पतालमा भर्ना गरिएका छन् । पेशाले मेकानिकल इन्जिनियर जुबेर गुजरांवालामा एक प्रोजेक्टमा काम गरिरहेका छन् । विमान दुर्घटना भएका कारण थोरै घाइते भएका छन् तर उनको ज्यान भने बचेको छ । उनले अगाडि भने ‘ईद मनाउनको लागि कैयौं परिवार लाहोरबाट कराची आइरहेका थिए । जस्तो यात्रा रह्यो त्यतिबेला कसैलाई पनि लागेको थिएन कि कुनै समस्या हुनेछ । सबैलाई सुरक्षित अवतरहणको आशा थियो ।’

जुबेरले अगाडि भने ‘फ्लाइट १ बजे लाहोरबाट उड्यो । पाइलटले घोषणा गरे कि हामी कराचीमा ल्याण्ड गर्न लागेका छौं । जहाज तल आउन लागेपछि १–२ झट्का लागे । प्लेन थोरै रनवेमाथि आयो पनि तर पाइलटले निकै होसियारीसाथ प्लेनलाई फेरि माथि उडाए । त्यसपछि भने मानिसहरुले कलमे (एक प्रकारको मुस्लिम प्रार्थना) पढ्न सुरु गरे । १० १५ मिनेटसम्म जहाज माथि उडिरह्यो । पाइलटले एउटा सुरक्षित स्थान देखे जहाँ धेरै भिडभाड थिएन । उनले फेरि घोषणा गरे कि हामी ल्याण्ड गर्दैछौं । तर, २–३ मिनेटमै विमान दुर्घटना भयो ।’ जुबेरसँगै पाकिस्तानको बैंक अफ पंजाबका अध्यक्ष जफर मसूद पनि जीवित बचेका छन् । मसूदको शरीरमा ४ फ्रयाक्चर छन् र उनी बाहिर बयान दिन सक्ने अवस्थामा छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *