नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका पत्रकार अर्णव गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश
काठमाडौं। नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका रिपब्लिक टिभीका सम्पादक अर्णव गोस्वामीविरुद्ध मुद्दा चल्ने भएको छ । सामाजिक सद्भाव बिथोलेको आरोपमा उनीविरुद्ध मुद्दा चल्ने भएको हो । उनीविरुद्ध मुम्बइ पुलिसले मुस्लिम समुदायको गाली बेइज्जती र मानहानी गरेको अभियोगसहित मुद्दा दर्ता गर्न लागेको थियो ।
प्रहरीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्न खोजेपछि मुद्दा खारेज गराउनको लागि उनले सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर, सर्वोच्च अदालतले उनको अपिल खारेज गरिदिएसँगै उनको उनीविरुद्ध मुद्दा चलाउने बाटो खुलेको हो ।
प्रहरीले दर्ता गर्न खोजको मुद्दा रोक्न उनले दायर गरेको अपिल सर्वोच्च अदालतले गत मंगलबार खारेज गर्दै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो। पत्रकार गोस्वामीले टेलिभिजन कार्यक्रममार्फत मुम्बईका सुकुम्बासीविरुद्ध तुच्छ र निकृष्ट भाषा प्रयोग गरेको आरोप छ।
न्यायाधीश डीआई चन्द्रचुड र एमआर साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ। पत्रकार गोस्वामीले केही समयअघि राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीविरुद्ध पनि आक्रामक अभिव्यक्ति दिएका थिए।
उनीविरुद्ध अदालतले १४ स्थानबाट परेका उजुरी खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ। त्यसैले उनले कांग्रेस आई र मुसलमानविरुद्ध कटाक्ष गर्ने गरेको छन्। पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्साका विषयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालको पनि चर्काचर्की भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment