डिल्लीबजार कारागारमा झडप, स्थिति नियन्त्रणका लागि सयौं प्रहरी परिचालन
काठमाडौं। डिल्लीबजार कारागारको क्यान्टिनले सामान दिन छाडेपछि कैदीबन्दीबीच झडप भएको छ। आइतबार विहान डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले कारागार सिल गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमख एसएसपी श्याम ज्ञावालीका अनुसार कारागारको क्यान्टिनले सामान दिन छाडेको विषयमा झडप भएको र अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।
डिल्लीबजार कारागारमा झडप भएको छ। कैदीबन्दीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन्।
लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाको दावी छ। स्थिति थप भड्किलो नहोस भन्नका लागि अहिले सयौको संख्याका प्रहरी परिचालन गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment