भारतीय सेनाको गस्ती टोलीलाई चिनियाँ सेनाले हतियारसहित नियन्त्रणमा लियो !

डिसी नेपाल
११ जेठ २०७७ १६:१३

काठमाडौं । सीमा क्षेत्रमा गस्तीमा रहेको भारतीय सैनिकको टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । भारतीय सेनाले भने यो रिपोर्ट अस्वीकार गरेको छ ।

सार्वजनिक भएको समाचार अनुसार चिनियाँ सेनाले बुधबार लद्दाख क्षेत्रमा भारतीय सेनालाई नियन्त्रणमा लिएको हो । चीनको सेनाले भारतीय सेनाको हतियार समेत खोसेको समाचारमा जनाइएको छ । सीमा क्षेत्रमा भारतीय घुसपैठ बढेको चीनले दावी गरेको छ । भारतले भने सीमा क्षेत्रमा चिनियाँ घुसपैठ बढेको आरोप लगाउने गरेको छ । चीनले भने सीमा क्षेत्रमा पछिल्लो समय भारतीय सेनाको उत्तेजक गतिविधि बढेको र एलएसीबाट घुसपैठ हुन थालेपछि सतर्कता बढाइएको टिप्पणी गरेको छ । चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा भारतीय सुरक्षाकर्मीलाई केही समयपछि मुक्त गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *