कोरोनाविरुद्धको लडाइँमा दृढताका साथ जुट्न आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिकै अस्तित्वका लागि चुनौती बनेर आएको कोभिड–१९ विरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस सङ्कटको बेलामा अझ दृढतापूर्वक जुट्न आग्रह गरेका छन् । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इदुल फित्रको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
“बहुल जाति, भाषा, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्म निरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्”, उनको शुभकामना सन्देशमा उल्लेख छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment