भक्तपुरमा २० वर्षकी युवतीलाई सामूहिक बलात्कार गर्ने ५ जनामध्ये १ पक्राउ

डिसी नेपाल
१२ जेठ २०७७ ८:४०

भक्तपुर । भक्तपुरको पुरानो थिमीमा डेरा गरी बस्ने २० वर्षकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । बलात्कारमा संलग्न अन्य ४ जना फरार छन् । यी ५ जनाले यहाँ डेरा गरी बस्ने २० वर्षकी एक युवतीलाई जेठ ८ गते रातभरी सामूहिक बलात्कार गरेको आरोप छ । काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका स्थायी घर भई मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमि बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले प्रहरीलाई बताएको घटना विवरणअनुसार मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने २२ वर्षका रोहित गिरीले २० वर्षकी युवतीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएका थिए । त्यसपछि उनले पहिले आफूले बलात्कार गरेका थिए । आफूले जबरजस्ती करणी गरिसकेपछि उनले आफ्ना अन्य ४ जना साथीलाई पनि बोलाएका थिए ।

पीडित युवतीले प्रहरीलाई दिएको बयान अनुसार रोहितले बलात्कार गरिसकेपछि आफूलाई कोठाबाट भाग्न नदिइ त्यहीँ थुनेर साथीहरुलाई बोलाएका थिए । रोहितका अन्य ४ जना साथीहरु पनि आएपछि सबैले पालैपालो रातभरी करणी गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । पीडितले महानगरीय प्रहरी वृत्त थिमिमा भोलिपल्ट ९ गते जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका लामा पुरानोथिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *