कूल प्रधानमन्त्रीः शक्तिशाली भूकम्पले हल्लाउँदा पनि लाइभ अन्तरवार्ता जारी राखिन् (भिडियोसहित)

डिसी नेपाल
१२ जेठ २०७७ ८:५८

काठमाडौं। सोमबार बिहान न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्न एक टेलिभिजनमा लाइभ अन्तरवार्तामा थिइन् । अन्तरवार्ता चलिरहेका बेला एक्कासी भूकम्प गयो । भूकम्पले हल्लाउँदा पनि प्रधानमन्त्री जेसिन्डा भने शान्त रहिन् । अन्तरवार्ता लिइरहेका पत्रकारले उनलाई अन्तरवार्ता जारी राख्ने कि रोक्ने भनेर सोधे । प्रधानमन्त्री जेसिन्डाले ‘कूल’ मुद्रामा हाँस्दै अन्तरवार्ता जारी राख्न भनिन् ।

स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे (नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे) अन्तरवार्ता सुरु भएको थियो । त्यही बीचमा सोही क्रममा ५.६ म्याग्निच्युडको भूकम्प गएको द गार्डियनले लेखेको छ । राजधानी वेलिङटनबाट ९० किलोमिटर उत्तरमा रहेको लेविन नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको युएस जिओलोजिकल सर्वेले जनाएको छ । यसको ठूलो धक्का राजधानी वेलिङटनमा पनि महसुस भएको थियो जहाँ प्रधानमन्त्री जेसिन्डा थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *