जेठभर लकडाउन कायमै रहने, नयाँ मोडालिटीमा आर्थिक गतिविधि संचालन गरिने

डिसी नेपाल
१२ जेठ २०७७ १६:१७

काठमाडौं। सरकारले जेठ महिनाभरी लकडाउन जारी नै राख्ने तयारी गरेको छ । यद्यपि आर्थिक गतिविधिहरु भने सुरक्षा उपायका साथ संचालन गर्ने तयारी गरिएको छ । अब पनि आर्थिक गतिविधि गतिविधि सुरु नगरे आर्थिक वृद्धिदर ऋणात्मक हुने र निकै भयावहर स्थिति आउन सक्ने विशेषज्ञले चेतावनी दिएसँगै सरकार आथिृक गतिविधि संचालन गर्ने तयारीका जुटेको हो ।

यअघि सरकारले खोल्ने भनेका ४४ प्रकारका उद्योगहरु सबै खोल्ने तयारी गरिएको छ । यसबाहेक सुरक्षाका उपाय अपनाएर केही आर्थिक गतिविधिहरु पनि संचालन गरिनेछन् । जेठ १५ मा बजेट प्रस्तुत गरिँदैछ । बजेटका आधारमा आर्थिक गतिविधि पनि प्रभावित हुने र व्यवसायिक क्षेत्रले बजेटकै आधारमा आफ्ना रणनीति तय गर्ने भएकोले बजेट आएसँगै अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *