कानून मिलाएर दिइयो ढुंगेललाई युवा परिषद्मा नियुक्ति

काठमाडौं । नेपाल सरकारले युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधव ढुंगेललाई पुन नियुक्त गरेको छ । आज जेठ १२ गते बसेको मन्त्रीपरिषद् बैठकले परिषदको उपाध्यक्षमा ढुङ्गेललाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनको ४ वर्षको कार्यकाल गत फागुनमा पूरा भएको थियो ।

कानुनमा पुनर्नियुक्त को प्रावधान नभए पनि कानुन मिलाएर ढुङ्गेलको नियुक्ति दोहोर्याइएको हो । ढुंगेल तत्कालीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको अध्यक्ष थिए ।

युवा परिचालनका लागि गठित यो परिषद्लाई राज्यले निकै ठूलो बजेट विनियोजन गर्ने गरेको छ । सभासद बन्ने समयमा परिषद्मा कार्यरत रहेकाले उनको प्रदेश प्रस्थान रोकिएको थियो । अहिले प्रधानमन्त्री स्वयंले उनलाई कार्यकाल दोहो¥याएर बस्न भनेपछि कानुन सहज पारेरै उनलाई नियुक्त गरिएको हो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो