कलिला छोरीहरुले पिठो मुछिरहेको भाँडोमा माटो हालिदिए, रिसमा आमाले दुवैलाई मारिन्

डिसी नेपाल
१३ जेठ २०७७ ९:२९

काठमाडौं। कहिलेकाहीँ क्षणिक आवेशका कारण मानिसहरुले निकै भयानक काम गर्न पुग्छन् । एक छिनको रिस थाम्न नसक्दा निकै ठूला दुर्घटना हुने गर्छन् । यस्तै घटना भारतको हरियाणा राज्यको हिसारमा भएको भारतीय मिडियाले लेखेका छन् । यहाँ एक आमाले क्षणिक रिस थाम्न नसक्दा आफ्ना कलिला २ छोरीहरुलाई मारिदिइन् । समाचारअनुसार ती बालिकाहरुले आमाले गहुँको पिठो मुछिरहेका बेला पिठो भएको भाँडोमा माटो हालिदिएका थिए ।

यही रिसमा महिलाले दुवै छोरीहरुलाई तरकारी काट्न प्रयोग हुने चक्कु रोपेर मारिदिइन् । दुवै छोरीलाई मारिसकेपछि महिलाको रिस केही शान्त भयो । साथमा उनलाई आफूले गरेको कामप्रति पश्चात्ताप भयो अनि उनले त्यही चक्कु आफ्नो पेटमा रोपेर आत्महत्याको प्रयास गरिन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ । पुलिले महिलाको पतिको बयानको आधारमा हत्याको केस दर्ता गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *