पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।
प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५७ हजार ७०५ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन्।
विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ३६५ संक्रमित थपिएका बताइएको छ।
पाकिस्तानमा संक्रमित मध्येका १ हजार १९७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा सोमबार मात्र ३० जना संक्रमितको ज्यान गएको छ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ।
त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन्।
संक्रमितहरुमध्ये १८ हजार ३१४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ।
अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३८ हजार १९४ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment