कराची विमान दुर्घटनाः पाइलटले ३ पटकसम्म चेतावनीलाई बेवास्ता गरेका थिए

डिसी नेपाल
१३ जेठ २०७७ १५:३४

काठमाडौं। पाकिस्तानको कराचीमा २२ मेमा भएको विमान दुर्घटनामा पाइलटका तीन गल्तहिरु सार्वजनिक भएका छन् । पाकिस्तानी समाचार च्यानल जियो न्यूजका अनुसार पाइलटलाई एयर ट्राफिक कन्ट्रोल (एटिसी)ले तीन चेतावनी दिएको थियो । पाइलटने तीनै पटक चेतावनीलाई बेवास्ता गरे । अर्को शब्दमा भन्दा पाइलटले एटिसीको आदेशको पालना गरेका थिएनन् ।

अर्कोतर्फ पाकिस्तानी पाइलटहरुको संगठनले दुर्घटनाको जाँचको लागि बनाइएको समितिमाथि नै प्रश्न उठाएका छन् । संगठनका अनुसार समितिमा एक जना पनि व्यवसायिक पाइलटलाई राखिएको छैन । जबकि दुर्घटना भएको जहाज व्यवसायिक वा यात्रुवाहक जहाज थियो । २२ मेमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए–३२० विमान लाहोरबाट कराची गइरहेको थियो । विमान कराचीको जिन्ना इन्टरनेशनल एयरपोर्ट नजिकै जिन्ना गार्डेनमा दुर्घटना भयो । दुर्घटनामा ९७ जनाको मृत्यु गएको थियो ।

जियो न्यूजले एटिसीको हवाला दिँदै ‘लाहोरबाट कराची आइरहेको पीआइएको विमान ए–३२० जब जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ नटिकल माइल (२७.७८ किलोमिटर) टाढा थियो त्यतिबेला विमान १० हजार फिट उचाइमा थियो । एटिसीले पाइलटसँग भने – एयरक्राफ्टको उचाइ ७ हजार फिट राख्नुस् । पाइलटको जवाफ थियो कि उनी यो उचाइबाट सन्तुष्ट छन् ।’

जब विमान १० नटिकल माइल (१८.५२ किलोमिटर) टाढा थियो त्यतिबेला यसको उचाइ ७ हजार फिट थियो । यो उचाइ ३ हजार फिट हुनुपर्ने थियो । त्यसैले एटिसीले दोस्रो चेतावनी दिए । पाइलटले यलाई पनि बेवास्ता गरे । पाइलटले जवाफ दिए कि उनी उचाइसँग सन्तुष्ट छन् र स्थिति सम्हाल्नेछन् ।

विमान जब पहिलो कोसिसमा ल्याण्ड गर्न सकेन त्यसपछि पाइलटले आफैं गो अराउण्ड (एक गोलो चक्कर लगाउने) फैसला लिए । यस क्रममा विमान १ हजार ८ सय फिट उचाइमा थियो । एटिसीले तेस्रो चेतावनी दिए । विमानलाई ३ हजार फिट उचाइमा लैजान भने । यसको जवाफमा पाइलटले भने कि उनी कोसिस गरिरहेका छन् । केही मिनेटमै एयरक्राफ्ट दुर्घटना भयो ।

विमानमा इन्धनको कमी नभएको प्रमाणित भइसकेको छ । रिपोर्टमा भनिएको छ कि विमानमा २.३४ घण्टा उड्न सक्ने इन्धन थियो । जबकि लाहोरदेखि कराँचीसम्म उड्न केवल १.३३ घण्टा लाग्छ । अब जाँच टिम यो पत्ता लगाउने कोसिस गरिरहेको छ कि गल्तीको जिम्मेवार पाइलट थिए वा कुनै प्राविधिक गडबडी दुर्घटनाको कारण बन्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *