बढी मूल्य लिने पसललाई कारवाही

डिसी नेपाल
१३ जेठ २०७७ २२:३४

नेपालगञ्ज । बढी मुनाफा लिएर धानको बीउ बिक्री गरेपछि यहाँको एक एग्रोभेट पसललाई रु दुई लाख जरिवानासहित कारवाही गरिएको छ । संयुक्त बजार अनुगमन समितिले मंगलबार गरेको बजार अनुगमनमा स्थानीय खजुरारोडस्थित मुनाल एग्रोभेट पसलले प्रतिकिलो रु दुई सय पर्ने ‘मुकाबला—२३ सुखी’ नामको धानको बीउलाई रु तीन सयभन्दा बढीमा बिक्री गरेको पाइएपछि कारवाही गरिएको हो ।

बन्दाबन्दी समयमा धानको बीउ खरीद गर्ने किसान ठगिएको प्राप्त सूचनाका आधारमा गरिएको अनुगमनमा उक्त पसलले तोकिएको मूल्यभन्दा धेरै मुनाफा लिएर बिक्री गरेको पाइएपछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । अनुगमन टोलीले नेपालगञ्जका त्रिमूर्ति, चितवन, सिर्जना र तिवारी एग्रोभेटमा रहेका म्याद नाघेका विभिन्न सामग्रीसमेत नष्ट गरेको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *