कोरोनाभाइरस नियन्त्रणमा खटिएका वडा अध्यक्षकै मृत्यु ! कोरोना परीक्षण गरिँदै
काठमाडौं। कोरोनाभाइरसको नियन्त्रणका लागि क्वारेन्टाइन व्यवथापनमा खटिएका वडा अध्यक्षकै मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार राना सोही वडामा रहेको राष्ट्रिय माविको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । ५८ वर्षीय राना एक्कासी बेहोस भएपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
अहिले उनको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ। अस्पतालले शवको पोस्ट मार्टम गरेर कोरोना परीक्षणको प्रक्रिया समेत अघि बढाउने जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment