कर्णाली अस्पताललाई (पीसीआर) मेसिन खरिद गर्न नबिल बैंकको २८ लाख सहयोग
कामठाडौँ । नबिल बैंकले कर्णाली प्रदेशमा कोरोना भाइरस परिक्षण गर्ने (पिसिआर) मेसिन खरिदका लागि २८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ।
नबिल बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु-याउने उद्देश्यले कर्णाली प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेमा आशावादी रहेको बैंकले जनाएको छ ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment