हेल्प नेपाल नेकवर्टको सक्रियतामा मुगुमा सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण
मुगु । कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएसँगै सामाजिक संस्था ‘हेल्प नेपाल नेटवर्क’ले हेल्थ पोस्ट मुगु, रारामा सुविधासम्पन्न क्वारेन्टाइन संचालमा ल्याइएको छ।

मुलुकका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनको गुणस्तर माथि प्रश्न उठिरहेका बेला ‘हेल्प नेपाल नेटवर्क’ हेल्थ पोस्टले सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको हेल्प नेपाल, हेल्थ पोस्ट संचालक समितिका अध्यक्ष बिर्खबहादुर रोकायाले जानकारी दिए।

सो क्वारेन्टाइनको बुधबार हेल्प नेपाल नेटवर्क, हेल्थ पोस्ट संचालक समितिका अध्यक्ष तथा छायाँनाथ नगरपालिका–९ का वडा अध्यक्ष मणिचन्द रोकायाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। सो क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाले पाँच सेट कपडा र हेल्प पोस्टबाट दश हजार बराबरको फर्निचर सहयोग प्राप्त भएको थियो।
मुगु जिल्लाको पहिलो क्वारेन्टाइन छायाँनाथ नगरपालिका र खत्याड गाउँपालिकाको बीचमा पर्ने भएकाले सुविधा सम्पन्न बनाइएको स्थानीय चन्द्रबहादुर रोकायाले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment