ओमनको राजधानी मस्कटमा लकडाउन हटाउने निर्णय

डिसी नेपाल
१५ जेठ २०७७ १२:१४

काठमाडौं। ओमनको सर्वोच्च समितिले राजधानी मस्कटको लकडाउन हटाउने निर्णय गरेको छ । टाइम्स अफ ओमनका अनुसार भोलि २९ मे शुक्रबारदेखि लागू हुने गरी लकडाउने हटाउने निर्णय गरिएको हो । यससँगै सर्वोच्च समितिले महामारीका कारण काममा जानबाट रोकिएका कर्मचारीहरुलाई पुनः काममा फर्काउने निर्णय पनि गरेको छ ।

समितिले कम्तीकमा ५० प्रतिशत कामदारहरुलाई कार्यस्थलमा फर्काउने निर्णय गरेको छ । कर्मचारीको हकमा यो नियम आइतबारदेखि लागू हुनेछ । केही कर्मचारीले भने आफ्नो वार्षिक विदा प्रयोग गरेर विदामै बस्न पनि सक्नेछन् । बुधबार देशका आन्तरिक मामिला मन्त्री हमुद बिन फैल अल बुसैदीको अध्यक्षतामा बसेको बैठकले महामारी फैलिन दिन अन्य केही निर्णय समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *