बजेटको आकार घट्यो, आगामी वर्षका लागि १४.७४ खर्वको बजेट (पूर्ण पाठसहित)

डिसी नेपाल
१५ जेठ २०७७ १९:३५

काठमाडौं । कोरोना भाइरसको संक्रमणको मन्दीका कारण आयस्रोत खुम्चीएपछि सरकारले बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका छन् ।

चालु आर्थिक वर्षको लागि खतिवडाले ल्याएको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको थियो । उक्त बजेट खर्च गर्न नसकेपछि अर्धवार्षिक संसोधनमार्फत बजेको आकार १३ खर्व ८५ अर्वमा झारिएको थियो ।

आगामी आवको कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु र ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ ।

उक्त बजेटका लागि राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ, बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ, बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड र २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने लक्ष्य राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *