सगरमाथाको उचाइ नाप्ने टोली चीनको मात्र होइन, नेपाल र चीनको साझा टोली !

डिसी नेपाल
१६ जेठ २०७७ ८:४१

काठमाडौं। सगरमाथाको उचाइ चीनले पुनः नाप्न सुरु गरेको र मंगलबार चिनियाँ टोली सगरमाथाको शिखरमा पुगेको खबर अन्तर्राष्ट्रिय संचारमाध्यममा आए । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले नै चिनियाँ टोली सगरमाथाको शिखरमा पुगेको र सगरमाथाको आधिकारिक उचाइ सार्वजनिक गर्न २ देखि ३ महिनाको समय लाग्ने समाचार प्रकाशित गर्यो ।

तर, नेपालस्थित चिनियाँ दूतावासले भने चीनको टोलीले मात्र सगरमाथाको उचाइ नापेको कुराको खण्डन गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले बिहीबार राती ट्वीट गर्दै नेपाल र चीनको साझा टोलीले सगरमाथाको उचाइ नापेको बताएकी छिन् । राजदूत याङछीले ट्वीटसँगै सगरमाथाको उचाइ नाप्न गएको टोलीको मे २२ र मे २७ मा खिचिएका २ तस्वीर पनि पोस्ट गरेकी छिन् ।

ट्वीटमा राजदूत याङछीले लेखेकी छिन् ‘नेपाल र चीनबीचको अनन्त मित्रताको प्रतिक माउन्ट चोमोलुङमा/सगरमाथाको शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा नेपाली र चिनियाँ दुवै टोलीलाई बधाइ । दुवै देशले संयुक्त रुपमा पछि संयुक्त वक्तव्यमार्फत उचाइ घोषणा गर्नेछौं ।’ राजदूत याङकीले सगरमाथाको उचाइ चीनले मात्र नभइ नेपाल र चीनले संयुक्त रुपमा नापेको आधिकारिक घोषणा गरे पनि अहिलेसम्म नेपालको तर्फबाट भने यसको आधिकारिक घोषणा गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *