बजेट बढी प्रचारात्मक र आश्वासनले भरिपूर्ण:डा.महत

डिसी नेपाल
१६ जेठ २०७७ १४:५१

काठमाडौं। पूर्व अर्थमन्त्री डा. रामशरण महतले बजेट प्रचारात्मक र आश्वासनले भरीपुर्ण रहेको बताएका छन्। सन्चारकर्मीसँग बजेटको प्रतिक्रिया दिँदै उनले सरकारले स्वास्थ, रोजगारी र कृषिको क्षेत्रका लागि राम्रो बजेट विनियोजन गरेपनि कतिपज्यञ नचाहिने आयोजनाहरुमा पनि बजेट विनियोजन गरीरेर प्रचारमुखी हुने खोजेको र आश्वासनले भरीपूर्ण भएको पनि आरोप लगाए।

त्यस्तै उनले नेपालको इतिहासमा सवै भन्दा बढी राष्ट्र ऋण बढ्ने बजेट भएको टिप्पणी गरेका छन्। उनले सरकारले ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको ऋण लिनेगरी बजेट बनाइएको र भविष्यको पिढिलाई यो सरकारले ठूलो ऋण बोकाउने बताए।

उनका अनुसार बजेटमा लिने भनिएको ऋण कुल खर्चको ३५ प्रतिशत रहेको छ भने कुल गार्हस्थ उत्पादनको ३६ प्रतिशत पुग्ने बताएका छन्। उनले सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनु भनेको जिडिपीको ५ प्रतिशत भन्दा बढी भन्दै यसरी सरकारले आन्तरिक ऋण जति बढाउँदै जान्छ उति नै नीजि क्षेत्रको लागि जाने तरलताको समस्या हुने स्पष्ट पारे।

उनले नेपाली कांग्रेसले बजेट १४ खर्बको हाराहारीमा ल्याउन सुझाव दिएपनि उनले अवस्था अनुसार ठूलो आकारको बजेट ल्याएको भन्दै कार्यान्वयन क्षमतामा भने प्रश्न उठाए।

उनले भने, ‘बजेटमा ३४ प्रतिशतले खर्च बृद्धि गर्ने भनेको तर कार्यान्वयन हुने देखिँदैन, राजस्व २३ प्रतिशतले बृद्धि गर्ने भनिएको छ यो सम्भव देख्दिन। किनकी अहिले नेपाल कोरोनाको संक्रमण र त्यसबाट बच्न लकडाउन भएको छ। यो अवस्था कहिलेसम्म जाने हो थाहा छैन। उद्योगधन्दाहरु चलेका छैनन् अनि कसरी राजस्व उठ्ने हो थाहा छैन।’

त्यस्तै उनले सरकारले राखेको ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पनि महत्वकांक्षी नै रहेको बताए। उनले भने, ‘अहिलेको अवस्थामा थप लगानी गरेर उद्योगधन्दाहरु चल्न सकेका छैन बजारमा आर्थिक गतिविधिहरु पनि भएका छैनन् त्यसैले सो आर्थिक बृद्धि महत्वकांक्षी रहेको छ।’

बजेटमा कर्पोरेट ट्याक्स घटाएको छैन। इलेक्ट्रिक भेइकलहरु धेरै प्रयोगमा ल्याउनुपने अहिलेको अवस्थामा १५० प्रतिशतले भन्सार लगाउनुपनि आपत्तिजनक रहेको उनले बताए। ‘अहिले झनै इलेक्ट्रिक भेकलहरु चलाएर विद्युत खपत बढाउने बेलामा झनै भन्सार बढाउनु उपयुक्त छैन,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *