सङ्क्रमितको सम्पर्कमा रहेका ८ प्रहरीसहित ९९ जनाको रिपोर्ट आयो

डिसी नेपाल
१७ जेठ २०७७ ८:५८

बैतडी । बैतडीमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका र आरडिटी पोजेटिभ देखिएका आठ प्रहरीसहित सबै ९९ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ।

पिसीआर रिपोर्ट नेगेभिट आउनेमा जिल्ला न्यायाधीशसहित अदालका कर्मचारी, प्रमुख जिल्ला अधिकारीसहित प्रशासनका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसहित प्रहरी, जिल्ला अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी, सङ्क्रमितका आफन्त र सङ्क्रमितसँगै थुनामा रहेका थुनुवा छन्।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।

हिरासतमा रहेका ती युवकमा कोरोना पुष्टि भएसँगै कन्टयाक्ट ट्रेसिङ गरी प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

स्वाब सङ्कलन गरी पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जनाइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *