नदेखिएको व्यथा

‘दाइ, म त फेरि विदेश आउनु पर्यो।’ म्यनसेन्जरमा एउटा सन्देश आयो। ‌बाँकी सबै भेटमै बुझ्ने सोचले मैले ‘वेलकम’ मात्र लेखेर पठाएँ। अब मरे पनि विदेश फर्कन्न, गिटी कुटेरै भएनि, भारी बोकेरै भएनि, गाउँमा हलो जोतेरै भएनि नेपालमै बस्छु भनी नेपाल फर्किएको किरण पुन खिन्न मन लिएर आइपुग्यो परदेश।

नेपालबाट ल्याएको अचार, गुन्द्रुक र सुकुटीको स्वाद लिदै गफगाफको क्रममा किरणलाई मेरो प्रश्न आउदै आउँदिन भनेर गएको मान्छे फर्कियौ त फेरि ? मुखमा हाल्न लागेको भातको गाँस पुन थालमा राख्दै गहभरि आँसु पारेर किरणले भन्यो, ‘दाई, यहाँबाट गएको भोलिपल्टदेखि काम खोजेँ, कसैले पत्याएन।’ केवल उमेर छ भाइ, अझै ४/५ वर्ष विदेश बस। कमाउने बेला यही हो विदेश जाऊ। यहाँ काम गरेर कति कमाउछौ र ? एकपटक विदेश गएको मान्छे यहाँ टिक्न सक्दैन।

यस्ता उत्तरहरुले अलिकति आत्मबल गिरायो। यतिसम्म कि राम्रा भनिएका काम नपाएपछि जे पर्ला भनेर गाडीको सहचालक (खलासी) गर्छु भनी अनुरोध गर्दा हेय भावले हाँसेर भाई, आफ्नै बेइज्जत नगर न। पढालिखा रहेछौ, ज्यान हेर्दा पनि भलाद्मी देखिन्छौ, एक पटक विदेश पुगेर आएका रहेछौ, म त के कसैले पत्याउँदैन। भनेर फर्काइदियो।
ूकेही सीप नलागेपछि र खल्ति पनि सिद्धदै गएपछि गाउँको घर पुगेर सुँगुर पालन गर्ने योजना सुनाएँ।

पहिले कुखुरा फर्म खोल्ने हुँदा डुबेर विदेश पुगिस्, अब सुँगुर फर्म खोलेर कहाँ पुग्ने होस्। सुँगुर त पाल्लास् तर बजार कहाँ खोज्छस्। भनी बाबुको थर्काई खाइयो। श्रीमतीले पनि फलानोले विदेश गएर यो गर्यो चिलनाले घडेरी किन्यो। यो र त्यो भनेर बसिखान भएन। नौटङ्कि सम्म भन्न भ्याए कतिले।ूलामो सास फेर्दै उसले थप्यो दाई, परिवारको साथ र हौसला भएन भने नि, कम पुँजी भएकाले केही गर्न आँट्न नसकिने रहेछ। अहिले सरकारले स्वदेशिएकाहरुलाई विभिन्न कार्यक्रम ल्याएको छ रे भन्ने मेरो प्रश्नमा उसको जवाफ यस्तो थियो।

खै दाई, सुन्न त मैले पनि सुनेको हो तर मसँग पर्याप्त जानकारी नभएर हो या सहयोग प्राप्त गर्ने मार्ग थाहा नभएर हो त्यसको उपयोग गर्न सकिएन। समाचारमा क्षेत्र तोकेरै यति व्यक्ति लाभान्वित भए भनेको पनि नसुनेको होइन तर सरकारी सहयोग कुन दुलोबाट आएर कुन दुलोमा विलाउँछ पत्तो नहुने रहेछ। मलाई त लाग्छ ती योजनाहरु लक्षित वर्गसम्म पुग्नै नपाई विलाउँछन्।

अनि विवश भएर परदेशिन लागेँ काठमाडौँ। बानेश्वरको जेब्रा क्रसिङ् पार गरेपछि मन नराम्ररी भक्कानियो। सडकपेटीमा बसेर डाको छोडेर रोएँ। वरिपरि मान्छेहरु भेला भएको देखेर लाज लाग्यो। रुने धित नमरिकनै आफुलाई सम्हाल्दै लागेँ एयरपोर्टतर्फ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेश गएर फर्किएका मध्धे ५५.८ प्रतिशत बेरोजगार छन्। ४१ प्रतिशतले त काम खोज्ने प्रयास नै गर्दैनन् तर १४.३ प्रतिशतले काम खोजेपनि काम पाएका छैनन्। त्यही १४.३५ मध्धेको किरण पनि एक प्रतिनिधि पात्र हो जो देशमा बस्न चाहाँदा चाहँदै पनि विदेशिन बाध्य छन्। सबै नेपाली एउटै उद्देश्यले विदेशिएका हुन्नन्।

चेत खुलेपछि देशमै बस्ने चाहाना लिएर फर्किएकाहरुलाई देशमै अड्याउन सहयोग, रोजगाररस्वरोजगारको अवसरसँगै उनीहरुलाई हेर्ने हाम्रो मानसिकतामा पनि परिवर्तन आउन जरुरी छ।एक पटक विदेशिएकाले नेपालमा काम गर्नै सक्दैनन्, टिक्नै सक्दैनन्, कमाउनै सक्दैनन् जस्ता नकरात्मक मानसिकताले पुन बाध्यत्मक विदेशिने अवस्था आए उनीहरुमा देशप्रति नकरात्मक भावना सिर्जना हुनु स्वभाविक हो। अहिले त झन कोरोनाको कारणले केहीगरी विदेशबाट नेपाल आउने मौका मिल्यो भने आएका सबैलाई पानी बाराबार गर्न बेर छैन । त्यसो भयोभने त झन उनीहरुमा मानसिक विक्षिप्तता हुन सक्छ ।मानिसलाई कुनै ठाउँमा अडिन सम्पत्ति, सुविधा भन्दापनि आफ्नोपनको महसुस हुनुपर्दछ। त्यसैले सोच बदलौँ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो