लकडाउनको समयमा केटी जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। लकडाउनको बेला केटी जिस्काएको निहँमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीमा हिँडिरहेका दुई युवतीलाई ती चिनियाँ नागरिकले जिस्काएको निहूमा महानगरीय प्रहरी वृत्त लैनचौरले शनिबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका नागरिकको बारेमा चिनियाँ राजदूतावासलाई पनि जानकारी गराइसकिएको महानगरीय परिसर काठमाडौले जनाएको छ।
परिसरको प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार चिनियाँ नागरिकले युवतीहरुलाई अंग्रेजी भाषामा कफि खान अफर गरेको तर युवतीहरुले आफूहरुले कफी नखाने भन्दै पन्छिपनि उनीहरु युवतीको पछि लागेपछि प्रहरीको शरणमा पुगेका थिए।
पक्राउ परेपछि चिनियाँ नागरिकले कफी खना जाउ भनेको प्रस्तावलाई युवतीहरुले स्वीकार गरेकाले आफूहरु उनीहरुसँगै हिडेको स्वीकार गरेका छन्। तर युवतीहरुले भने कफी आज नखाने भोलि मात्रै खाने भन्दा भन्दै पछि लागेकाले प्रहरीको शरणमा आएको बताएका छन्। प्रहरीका अनुसार अहिले लैनचौर प्रहरी वृत्तमा दुई पक्षवीच छलफल भैरहेको छ।
लैनचौर प्रहरिबृतका डिएसपी दिपक खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिककाे नाम बुझ्न गाह्राे भएकाले पासपाेर्ट ल्याउने काम भइरहेकाे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment