सबै प्रकारका सम्पत्तिमा कर लगाउन डा. भट्टराईको सुझाव
काठमाडौंं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबै प्रकारको सम्पत्तिलाई करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन्। संघीय संसदको प्रतिनिधिसभामा बोल्दै उनले जनताको सम्पत्ति एक पटकका लागि अभिलेखीकरण गर्न दिएर करको दायरामा समेट्न प्रस्ताव गरेका हुन्।
‘एक पटक सवैलाई सम्पत्तिको अभिलेखीकरणका लागि समय दिउँ’ भट्टराईले भने, ‘त्यसपछि सबै सम्पतिलाई करको दायरामा ल्याउनुपर्छ।’
व्यवसायमा लगानी गर्दा कर तिर्नुपर्ने तर त्यति सम्पत्ति घरजग्गामा लगानी गर्दा कर तिर्नु नपर्ने व्यवस्था न्यायोचित नभएको उनको दावी थियो। कर नलाग्ने भएकाले करोडौको मूल्य पर्ने जग्गा बाझो छोडेका र सम्पत्तिको वेवास्ता भएको उनले बताए। डा.भट्टराईले सरकारले बजेट मार्फत ल्याएको राहतका कार्यक्रम टुक्रेटाक्रे भएकाले एकीकृत कार्यक्रम ल्याउन समेत जोड दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment